काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।
रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढीको जोखिम रहेको भन्दै रास्वपाले बाढी पूर्वानुमान शाखाको सुझावअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नदी किनार तथा जोसुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरिएको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि रास्वपाले आग्रह गरेको छ ।
आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न तथा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी