काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि सामाजिक सञ्जालमा गलत तथा तथ्यहीन सूचना प्रसार नगर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले बाढीबाट भएको क्षतिसम्बन्धी पुष्टि नभएका सूचना तथा सामग्री सेयर गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै वास्तविक खोज, उद्धार र राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ।
पुष्टि भएका र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्रै सामाजिक सञ्जालमा सेयर गर्न प्रहरीले अनुरोध गरेको छ। एआईबाट निर्मित तस्बिर, भिडियो वा अन्य सामग्रीलाई हालको बाढी घटनासँग जोडेर प्रसार नगर्न पनि आग्रह गरिएको छ।
कुनै पनि सामग्री सार्वजनिक वा सेयर गर्नुअघि त्यसको स्रोत र सत्यता जाँच गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।
उद्धार आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा सम्बन्धित अन्य आधिकारिक निकायलाई तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। सरकारले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।






सिआन महिला पुनर्स्थापना केन्द्रको दुई
अलोकनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा
नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया
कास्की पहिरोमा दुई कामदारको मृत्यु
भोटेकोशी बाढीले रसुवामा ४१ किलोमिटर
भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र