रौतहट । बुधबार रसुवामा आएको विनाशकारी बाढीमा रौतहट घर भएका ६ जना सम्पर्कविहीन हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार बेपत्तामध्ये दुई जना रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। भने एक जना माेटरसाईकल ग्यारेज र एक जना सिरक डसना बनाउनेकाे छाेरा बेपत्ता भएको छ ।
राैतहटकाे गरुडा नगरपालिका वडा नं. १ का ३४ वर्षीय सुधीरकुमार साह माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत मेकानिकल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो । बाढीपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आउनु भएको छैन् । यस्तै वृन्दावन नगरपालिका वडा नं.२ का गौरव राउत पनि सोही आयोजनामा प्राविधिकका रूपमा कार्यरत रहेको र बाढीपछि बेपत्ता भएको राैतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनु भएको छ ।
प्र.जि.अ. भुसालका अनुसार रसुवा बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आउनु भएका राैतहटकाे ईशनाथ नगरपालिकाका १९ वर्षीय शेख मजिद बाढी आएपछि सम्पर्कविहीन भएका छन्।
त्यस्तै नुवाकोटकाे बेत्रावतीमा सिरक–डसनाको व्यवसाय गर्दै आएका आफ्ना परिवारसँग बस्दै आएका वृन्दावन नगरपालिका वडा नं. ३ पिपरा निवासी करिब १२ वर्षीय समिर मन्सुरी बाढीमा बगेपछि बेपत्ता भएकाे र अहिलेसम्म सम्पर्कमा न आएको परिवारका सदस्य जिल्ला प्रशासन कार्यालय राैतहटमा जानकारी गराउनु भएको छ ।
यसैबीच रौतहटका गुजरा र चन्द्रपुर नगरपालिकाका एक–एक जना पनि बाढीपछि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको प्रमुख जिल्ला अधिकारी भुसालले हिमालय टाइम्सलाई जानकारी दिनुभएकाे छ। यद्यपि उनीहरूको नाम, अवस्था र घटनाबारेको विवरण भने हालसम्म पुष्टि हुन नसकेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले प्राप्त सूचनाहरू संकलन गर्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ। बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रशासनको भनाइ छ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक