कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
प्रदेश प्रमुख यज्ञराज जोशीले आज भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम तीनै मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको थियो।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तीनै जनालाई मन्त्री बनाएर पठाएपछि कर्णाली प्रदेश सरकार पूर्ण भएको छ।
यसअघि भदौ ३ गते सत्ता साझेदार दल नेकपा (एमाले)ले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई सरकारमा पठाएको थियो।







भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी