चितवन । भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उक्त सामग्रीमा देखिएका व्यक्तिको खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार अनुसन्धानका क्रममा नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूलाई भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कनजिकबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो।






भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई