हेटौंडा । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको कठिन परिस्थितिको फाइदा उठाउँदै राहत संकलनको नाममा व्यक्तिगत बैंक खाताको क्यूआर कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार प्राप्त उजुरीका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीले राहत तथा सहयोग रकम संकलन गर्दा सम्बन्धित सरकारी निकाय वा आधिकारिक संस्थामार्फत मात्र सहयोग गर्न अनुरोध गरेको छ । साथै राहत संकलनका नाममा आफ्नो व्यक्तिगत बैंक खाता वा क्यूआर कोड प्रयोग नगर्न पनि प्रहरीले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.