काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गत केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि उद्धार टोली शुक्रबार सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगेको छ।
गत बुधबार गएको भीषण पहिरोका कारण उक्त क्षेत्रको भौगोलिक अवस्था गम्भीर रूपमा क्षतिग्रस्त भएको बताइएको छ। कठिन तथा जोखिमपूर्ण भू–बनोटका बीच उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा पुगेर खोज तथा राहत कार्यलाई तीव्र बनाइरहेका छन्।
उद्धारका क्रममा अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गर्दै कठिन मार्ग पार गरी प्रभावित स्थलसम्म पहुँच पुर्याएका छन्।
जटिल भूगोल र व्यापक क्षतिका बाबजुद उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज