काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य कारबाही अझै समाप्त नभएको बताउनुभएको छ। हर्मुज जलघाँटी पुनः खुले पनि त्यसलाई अमेरिकी सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उहाँले चेतावनी दिनुभएको हो।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा रहेको दाबी गर्नुभयो। उहाँले इरानको सैन्य क्षमता सीमित भएको र मुलुक आर्थिक समस्यामा परेको बताउनुभयो।
“हर्मुज खुला छ भन्दैमा हामीले सैन्य कारबाही समाप्त गर्यौँ भन्ने होइन”, ट्रम्पले भन्नुभयो।
भविष्यमा हुन सक्ने अमेरिकी सैन्य कारबाहीका सर्त वा योजनाबारे भने उहाँले कुनै विवरण दिनुभएन। इरानी नेतृत्वसँग तत्काल वार्ता गर्ने सम्भावनासमेत अस्वीकार गर्दै ट्रम्पले अहिले इरानसँग वार्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो।
रुसले इरानसँगको सम्बन्ध घटाउन असफल भए कारबाही गर्ने अमेरिकी अभिप्राय छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले आगामी निर्णय परिस्थितिमा निर्भर रहने बताउनुभयो। हर्मुज जलघाँटीका विषयमा रुसले अहिलेसम्म ‘राम्रो व्यवहार’ गरेको उल्लेख गरे पनि रुसले के कदम चालेको हो भन्नेबारे उहाँले स्पष्ट पार्नुभएन।
ट्रम्पका पछिल्ला भनाइ महत्त्वपूर्ण समुद्री मार्ग पुनः खुले पनि वासिङ्टनले इरानसँग तत्काल कूटनीतिक संवाद अघि नबढाउने सङ्केतका रूपमा आएका छन्। अमेरिकी प्रशासनले तेहरानमाथि आर्थिक प्रतिबन्ध, सैन्य दबाब तथा थप कारबाहीको सम्भावनालाई निरन्तरता दिएको छ।
ओमान र इरानबीच अवस्थित हर्मुज जलघाँटी खाडी क्षेत्रलाई अरब सागर र ओमानको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो। खाडी मुलुकबाट विश्व बजारमा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्न यस जलमार्गको प्रमुख भूमिका रहेको छ।







रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको