काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकको क्यामरामा नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दुर्लभ दृश्य कैद भएको छ ।
चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एन्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान रिमोट सेन्सिङबाट प्राप्त उपग्रह तस्बिरसँग मेल खाएको पुष्टि गर्नुभएको छ ।
विज्ञहरूका अनुसार उच्च हिमाली क्षेत्रमा भएको हिमनदीको ठूलो हिस्सा भत्किएर हिउँ, चट्टान र पानीसहितको शक्तिशाली प्रवाह तलतर्फ आएको थियो । त्यसपछि ठूलो मात्रामा लेदो र ढुंगामाटोसहितको बाढी बनेर केरुङ नाका तथा नेपालतर्फको भोटेकोशी क्षेत्रमा विनाश मच्चिएको हो ।
पर्यटकले संयोगवश खिचेको भिडियोले विपद्को कारणबारे थप महत्वपूर्ण प्रमाण उपलब्ध गराएको अधिकारीहरूको भनाइ छ । यसअघि घटनाको कारणबारे विभिन्न अनुमान भइरहेका बेला उपग्रह तस्बिर र प्रत्यक्ष भिडियोबीचको तुलना घटनाको वास्तविक कारण पहिचान गर्न महत्वपूर्ण बनेको हो ।
हिमनदी भत्किएपछि बनेको तीव्र बहावले नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी र लेदोले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासहितका संरचनामा व्यापक क्षति पुर्याएको छ भने ठूलो मानवीय क्षतिसमेत भएको छ ।
वैज्ञानिकहरूले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिमनदीको अस्थिरताले यस्ता घटनाको जोखिम बढाइरहेको बताउँदै भविष्यमा यस्ता विपद् रोकथाम तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।







बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,
‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः
देवीघाटको ताँदी नदीमा बेलीब्रिज जडान