धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार लेदोमा डुबेको छ । बाढीले त्रिशूली किनारमा रहेका घर तथा अन्य संरचनामा क्षति पुर्याएको छ ।

बाढीसँगै आएको ठूलो मात्राको लेदोका कारण पृथ्वीराजमार्ग दुई दिनसम्म अवरुद्ध भएको थियो । अहिले राजमार्ग सञ्चालनमा आए पनि बैरेनी बजार क्षेत्रमा सडकमा जमेको लेदो पूर्ण रूपमा हटिसकेको छैन ।

लेदो हटाउन एक्साभेटरसहितका उपकरण प्रयोग गरी काम भइरहेको छ । बजार क्षेत्रमा अझै ठूलो मात्रामा लेदो रहेकाले यातायात सञ्चालनमा समेत कठिनाइ भइरहेको छ ।

हाल बैरेनी बजार क्षेत्रमा पृथ्वीराजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ । सडकमा थुप्रिएको लेदो हटाउने तथा यातायातलाई सहज बनाउने काम जारी रहेको छ ।










बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा