काठमाडौं । नेपाल-चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएपछि भारतीय फिल्म, संगीत, क्रिकेट तथा आध्यात्मिक क्षेत्रका चर्चित व्यक्तित्वहरूले नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले पीडितप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत र पुनर्निर्माणमा सहयोगको आवश्यकता औंल्याएका छन् ।
नेपालकी छोरी तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बाढीको अवस्था ‘हृदयविदारक’ भएको बताउँदै पीडितका साथमा उभिन अपिल गर्नुभयो ।
सोनु सुद, अनुपम खेर, सञ्जय दत्त, सोनु निगम, अरुण गोविल, फरहान अख्तर, कंगना रनावत, रश्मिका मन्दाना, भूमि पेड्नेकर, चित्रांगना सिन्हा, नोरा फतेही, अनन्या पाण्डे, कीर्ति सेनन, अर्पिता खान, सेफाली शाहलगायतले ‘प्रे फर’ नेपाल भन्दै प्रभावित परिवारको शीघ्र उद्धार र सुरक्षाका लागि प्रार्थना गर्नुभएको छ ।
नेपाली भूमिपुत्र भारतीय गायक उदित नारायण झाले नेपालमा भएको विनाशप्रति भावुक प्रतिक्रिया दिँदै आफ्ना आफन्त र साथीहरू नेपालमा रहेको बताउनुभएको छ । उहाँले विपत्तिको अवस्था देख्दा अत्यन्त दुःख लागेको र राहत प्रयासमा आफूले पनि सहयोग गर्न चाहेको बताउनुभएको ।
अभिनेता सिलम्बरासन टीआरले पनि घटनालाई हृदयविदारक भन्दै पीडित परिवार तथा उद्धारको प्रतीक्षामा रहेका सबैको सुरक्षाका लागि प्रार्थना गर्नुभएको छ । यस्तै, दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता सिलम्बरासन टीआरले पनि नेपाल-चीन सीमाक्षेत्रमा भएको घटनालाई हृदयविदारक भन्दै प्रभावित परिवार र उद्धारको प्रतीक्षामा रहेका मानिसका लागि प्रार्थना गर्नुभएको छ ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित