झापा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा शनिबार बसेको भर्चुअल बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको समाजका महासचिव चिरन खवासले जानकारी दिनुभयो ।
समाजले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका राष्ट्रिय समितिहरू विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय रहेको जनाइएको छ ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा