हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक ईभी र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको सुमो आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा सुमो चालकसहित छ जना र ईभी चालकसहित पाँच जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सुमो चालक पर्साको बिन्दवासिनी गाउँपालिका–३ का ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सुमोमा सवार वीरगञ्ज महानगरपालिका–३१ की ३१ वर्षीया राधिका देवीको टाउको र छातीमा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको छ। सोही स्थानकी २६ वर्षीया रेखा ओझा र ४० वर्षीया उपम देवी, वीरगञ्ज–१५ का ३२ वर्षीय शौरवकुमार गुप्ता तथा उहाँका ३० महिनाका छोरा सौर्य साह पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, ईभी चालक गोरखाको आरुघाट गाउँपालिका–७ का ३० वर्षीय सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ। ईभीमा सवार रौतहटको बृन्दावन नगरपालिका–९ की आठ वर्षीया खजिना खातुन, सर्लाहीको बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र राय, गौडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्त र सोही स्थानका २२ वर्षीय शत्रुधन कुशहवा पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। ती सवारीसाधन प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा राखिएको छ। दुर्घटनापछि सडकमा यातायात अवरुद्ध नभएको र घटनास्थलमा ट्राफिक प्रहरीसहितको टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक