सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा बारुलाले टोकेर एक वृद्धाको मृत्यु भएको छ ।
विष्णु गाउँपालिका-३, मधुवनगोठ निवासी ७६ वर्षीया रहन देवी महतो खेतमा घाँस काट्ने क्रममा बारुलाले टोकेर घाइते भएकी थिइन् । बारुलाको टोकाइबाट घाइते भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।
मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा सोमबार साँझ करिब ८ः०५ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे खबर प्राप्त भएपछि प्रहरी चौकी मधुवनगोठबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र चौधरीको कमाण्डमा टोली खटिई घटनास्थल तथा सम्बन्धित पक्षसँग बुझ्दा मृतकको शव उनका छोरा रामनरेश महतोले प्रादेशिक अस्पताल जनकपुरधामबाट बुझेर घरतर्फ ल्याउँदै गरेको पाइएको प्रहरीले जनाएको छ ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज