सर्लाही । सर्लाहीको कर्मैयास्थित इलाका प्रहरी कार्यालयको टोलीले विभिन्न ब्राण्डका मदिरा बोकेको भारतीय कारसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
आइतबार बारा जिल्लाबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको DL 2CAP 0418 नम्बरको भारतीय कार कर्मैयामा चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिटमुनि तथा अगाडि ‘फल्स बटन’ बनाएर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा मदिरा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमकाअनुसार कारबाट १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा बरामद भएको छ । बरामद मदिरामा ५० बोतल रेड लेबल, २४ बोतल रोयल स्ट्याग, ३५ बोतल ठूलो म्याकड्वेल्स र ३९ बोतल सानो म्याकड्वेल्स रहेका छन् ।
बिल-बिजक नभएको उक्त मदिरा बोकेको कारमा सवार भारत सीतामाढी जिल्ला हरनैया पञ्चायत-३ का ३३ वर्षीय दिपक कुमार सिंह, बेतिया जिल्ला हतिया पञ्चायत-८ का ३६ वर्षीय अल्बु यादव, बेतिया जिल्ला लैरीया पञ्चायत-६ का ३० वर्षीय कुष्णा भगत र सोही क्षेत्र वडा नं. ४ का २० वर्षीय आलोक कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।
भारतको बिहार राज्यमा मदिराको बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध रहेकाले नेपालबाट महँगा ब्राण्डका मदिरा अवैध रूपमा भारततर्फ लैजाने उद्देश्यले लुकाएर ओसारपसार गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।






न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक