काठमाडौं । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतमा रहेको देखिने दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । गत जनवरीमा पक्राउ गरी अमेरिका लगिएपछि मादुरोले पहिलोपटक आफ्नो तस्बिर सार्वजनिक गरेका हुन् ।
अमेरिकी विशेष बलले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगेको थियो । उनीहरूलाई न्यूयोर्कको ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ ।
मादुरो र फ्लोरेसमाथि लागुऔषध तस्करी तथा हतियारसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ । दुवैले आफूहरूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।
मादुरोले सामाजिक सञ्जाल एक्स र टेलिग्राममार्फत तस्बिर सार्वजनिक गर्दै स्पेनी भाषामा आफ्ना नातिनातिनी, छोराछोरी तथा आफूहरूलाई माया गर्ने सबैका लागि तस्बिरलाई ‘सानो उपहार’ भनेका छन् ।
उनले आफूहरू समर्थकको मायाले भरिएको मन लिएर दृढतापूर्वक उभिएको उल्लेख गर्दै आफूहरू बलियो, शान्त र विश्वस्त रहने बताएका छन् ।
हिरासतमा रहेका मादुरोलाई पत्रपत्रिका पढ्न वा इन्टरनेट चलाउन अनुमति नभए पनि परिवारका सदस्य तथा वकिलसँग टेलिफोनमार्फत कुराकानी गर्न भने अनुमति दिइएको छ ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक