भोजपुर । भोजपुर नगरपालिकाभित्रका थप ३० सामुदायिक विद्यालयमा ‘लाइक क्लब’ गठन गरिने भएको छ। हाल नगर क्षेत्रका १३ विद्यालयमा सञ्चालनमा रहेको क्लबलाई विस्तार गरी थप ३० विद्यालयमा पुर्याउन लागिएको हो।
काठमाडौं विश्वविद्यालय मानविकी संकायअन्तर्गतको ‘लर्निङ, इनोभेसन एण्ड नलेज एक्सचेन्ज’ (लाइक) ल्याबद्वारा सञ्चालित परियोजनाअन्तर्गत गठन गरिएका लाइक क्लबलाई नगरपालिकाका थप सामुदायिक विद्यालयमा विस्तार गर्न लागिएको हो।
क्लब विस्तारका विषयमा भोजपुर नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समिति अध्यक्ष कैलाशकुमार आले तथा ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित सरोकारवालाबीच बैठक तथा छलफलसमेत भएको छ।
लैङ्गिक समानता, समता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्दै बालबालिकाको शैक्षिक तथा जीवनोपयोगी क्षमता अभिवृद्धि गर्न लाइक क्लब प्रभावकारी देखिएको जनाइएको छ।
जीपीई–कीक्स र आईडीआरसीको सहयोगमा विगत एक वर्षदेखि भोजपुर नगरपालिकाका १३ सामुदायिक विद्यालयमा सञ्चालित क्लबको उपलब्धिलाई मध्यनजर गर्दै बाँकी विद्यालयमा समेत कार्यक्रम विस्तार गर्ने निर्णय गरिएको हो।
छलफलका क्रममा अघिल्लो वर्ष १३ विद्यालयमा सञ्चालन भएका क्लबका उपलब्धि, सिकाइ तथा भावी कार्ययोजनाबारे समीक्षा गरिएको थियो। त्यसका आधारमा नगर क्षेत्रका बाँकी विद्यालयमा पनि क्लब गठन गरी कार्यक्रम विस्तार गर्न लागिएको जनाइएको छ।
नगर प्रमुख एवं नगर शिक्षा समिति अध्यक्ष आलेले विद्यालयलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री सिकाइ केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो। उहाँले थप ३० विद्यालयमा क्लब गठन गरी विद्यार्थीको नेतृत्व क्षमता तथा सामाजिक समावेशीकरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।







बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा