काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफन्तले तस्बिर टाँसेका छन् ।
बेपत्ता व्यक्तिको खोजीमा सहज होस् भन्ने उद्देश्यले परिवार तथा आफन्तले उनीहरूका तस्बिर अस्पताल परिसरमा टाँसेर जानकारी संकलनको प्रयास गरेका हुन् । अस्पताल पुग्ने सर्वसाधारण तथा उद्धारमा संलग्न टोलीले तस्बिरमार्फत बेपत्ताको पहिचान गर्न सक्ने आशामा आफन्तले तस्बिर सार्वजनिक गरेका छन् ।
बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारका सदस्यहरू चिन्ता र पीडामा छन् । उनीहरू आफ्ना प्रियजनको अवस्था पत्ता लाग्ने आशामा अस्पताल तथा सम्बन्धित निकाय धाइरहेका छन् ।









तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई