काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र सोमबार गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँको चावहिलस्थित समाज गेष्ट हाउसबाट प्रहरीले नियन्त्रित लागुऔषध डाइजेपाम ११४ एम्पुल, फेनारगन ११३ एम्पुल, नोर्फिन ११३ एम्पुल र रु २५ हजार नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय दिपकबहादुर चन्द, कैलालीको गोदावरी नगरपालिका–४ का २६ वर्षीय प्रभाष मल्ल र डोटीको जोरायल गाउँपालिका–१ का २६ वर्षीय विक्रम पातली पक्राउ परेका छन् ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम १७ मिलिग्रामसहित भारत उत्तर प्रदेशका २४ वर्षीय अकिल शाह पक्राउ परेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेका २५ वर्षीय अङ्कित खड्का, २५ वर्षीय मेहरसिंह राना र २६ वर्षीय एकराज पन्थी पक्राउ परेका प्रहरीले जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिका–३ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित सोही ठाउँका दुई जना तथा टीकापुर–१ समितिपुरबाट ९१० मिलिग्राम पदार्थसहित १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविरडाँडाबाट एक जना, दाङको लमही नगरपालिका–६ देउपुरबाट लमही–७ का २५ वर्षीय परीवर्तन बुढामगर र बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित गेरुवा गाउँपालिका–२ का २५ वर्षीय विनोद सुनार पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत