माटो केवल निर्जीव भौतिक पदार्थमात्र होइन, जीवनको आदिम ऊर्जा, चेतनाको अजस्र स्रोत र सम्पूर्ण चराचर जगत्को मूल आधार हो । माटोलाई भौतिक धुलीकणमात्र नमानी जीवनको आदिम ऊर्जा र चराचर जगत्को मूल आधार मान्नुका पछाडि वैज्ञानिक, दार्शनिक दुवै दृष्टिकोणबाट सुदृढ सत्य लुकेका छन् । जैविक दृष्टिले हेर्दा, केवल एक चम्चा स्वस्थ माटोभित्र सम्पूर्ण पृथ्वीको मानव जनसंख्याभन्दा पनि बढी अर्थात् अर्बौंको संख्यामा सूक्ष्म जीवाणु, ढुसी र गँड्यौलाहरू अहोरात्र क्रियाशील रहन्छन् । यदि माटोभित्रका यी सूक्ष्म मित्रजीवहरू निष्क्रिय वा मृत भए भने निर्जीव चट्टानका खनिजहरूलाई बोटबिरुवाले पचाउनसक्ने जीवनदायी पोषणमा रूपान्तरण गर्ने प्रक्रिया नै ठप्प हुन्छ । तसर्थ, माटो आफैंमा एउटा गतिशील र जीवन्त पारिस्थितिक प्रणाली हो, निरन्तर नयाँ जीवनको सिर्जना गरिरहन्छ ।
भौतिक र ऊर्जावान् पक्षबाट विचार गर्दा, सूर्यको असीमित ताप र प्रकाशलाई प्रकाश-संश्लेषणमार्फत रासायनिक ऊर्जामा बदलेर सञ्चित गर्ने तथा वनस्पतिमार्फत सम्पूर्ण जीव जगत्मा प्रवाह गर्ने मूल माध्यम माटो हो । माटोले वायुमण्डलको कार्बनलाई सोसेर जैविक कार्बनका रूपमा सुरक्षित राख्दै पृथ्वीको तापमान र जीवन चक्रलाई सन्तुलित बनाउँछ । अझ आधुनिक वनस्पति विज्ञानले माटोमुनि फैलिएको माइकोराइजा फंगस भनेको बोटबिरुवाको जरा र माटोमा हुने फाइदाजनक ढुसीबीचको आपसी सम्बन्ध हो । यसमा बिरुवाले ढुसीलाई प्रकाश संश्लेषणबाट बनेको भोजन दिन्छ भने बदलामा ढुसीले माटोका टाढा-टाढाका भागबाट पानी, फस्फोरस र अन्य पोषकतत्व सोसेर बिरुवालाई उपलब्ध गराउँछ ।
वैदिक ऋषिहरूले हजारौं वर्षअघि यो धर्ती हाम्री आमा हुन् र हामी यसका सन्तान हौं भन्ने उद्घोष केवल भावनात्मक अभिव्यक्तिमात्र थिएन, त्यसमा गहिरो पारिस्थितिकीय र वैज्ञानिक सत्य अन्तर्निहित थियो । जसरी आमाको कोखबिना कुनै जीवको उत्पत्ति सम्भव छैन, त्यसरी नै माटोको जीवन्तताबिना मानव सभ्यताको निरन्तरता र अस्तित्व असम्भव छ ।
यसले बिरुवालाई खडेरी र रोगबाट जोगाउँदै माटोको उर्वरशक्ति र संरचना सुधार गर्छ । माटोभित्रको यो अदृश्य अन्तर्सम्बन्धले त्यहाँ एउटा सामूहिक जैविकचेतना क्रियाशील रहेको प्रष्ट पार्छ । दार्शनिक तथा वैदिक चिन्तन अनुसार, पञ्चमहाभूतमध्ये पृथ्वी तत्व अर्थात् माटोले जल, तेज, वायु र आकाशलाई धारण गरेर सृष्टि रचाउने सामर्थ्य राख्छ । हरेक भौतिक जीवन माटोकै कोखबाट अंकुरित हुन्छ माटोकै उत्पादनबाट पोषित भई हुर्कन्छ र अन्ततः माटोमै विलीन हुन्छ ।
वैदिक ऋषिहरूले हजारौं वर्षअघि यो धर्ती हाम्री आमा हुन् र हामी यसका सन्तान हौं भन्ने उद्घोष त्यो केवल भावनात्मक अभिव्यक्तिमात्र थिएन, त्यसमा गहिरो पारिस्थितिकीय र वैज्ञानिक सत्य अन्तर्निहित थियो । जसरी आमाको कोखबिना कुनै जीवको उत्पत्ति सम्भव छैन, त्यसरी माटोको जीवन्तताबिना मानव सभ्यताको निरन्तरता र अस्तित्व असम्भव छ । आधुनिकता, द्रुत औद्योगिकीकरण र उपभोक्तावादी होडबाजीको अन्धवेगमा मानव जातिले आफ्नै अन्नदाता धर्तीमाथि निर्मम रासायनिक आक्रमण गरिरहेको छ । विगत केही दशकयता उब्जनी बढाउने अल्पकालीन लोभमा माटोमा छर्किएका घातक रासायनिक मल र विषादीले माटोको स्वाभाविक प्राणतत्वलाई भष्म पारिदिएका छन् । आज हाम्रो सभ्यता यस्तो गम्भीर र ऐतिहासिक मोडमा आइपुगेको छ, जहाँ हाम्रा सामु दुईवटा बाटा बाँकी छन् समयमै आफ्ना भूलहरू सुधारेर प्राकृतिक जीवनशैली र वैदिक कृषितर्फ फर्किंदै ‘सच्चिने’, वा रासायनिक विषको दलदलमा भासिएर आफ्नै हातले आफ्नै विनाशको ढोका खोल्दै ‘सक्किने’ ।
माटो आफैंमा एउटा जीवन्त पारिस्थितिक प्रणाली, जसमा अर्बौ सूक्ष्म जीवाणु, गँड्यौलाहरू र मित्रजीवहरूले अहोरात्र सहकार्य गर्दै बोटबिरुवालाई जीवनदायी पोषण प्रदान गरिरहेका हुन्छन् । जब खेतमा रासायनिक नाइट्रोजन, फस्फोरस र पोटासियमका साथै नियन्त्रणहीन कीटनाशक हालिन्छ तब माटोमा रहने ती सूक्ष्म जैविक जीवहरूको सामूहिक सर्वनाश हुन्छ । माटोको जैविक कार्बन सुकेर माटो मरुभूमि जस्तै प्रायः बन्छ । मृत माटोबाट कहिल्यै जीवन्त र पूर्ण पोषित अन्न उब्जन सक्दैन । रासायनिक प्रतिक्रियाबाट जबर्जस्ती उब्जाइएको बाली आकर्षक देखिए पनि त्यसमा प्राकृतिक खनिज, भिटामिन र सूक्ष्म पोषकतत्वको घोर अभाव हुन्छ ।
विषयुक्त माटोले एकातिर धर्तीलाई पुनरुत्थान गर्न असम्भव बनाउँदैछ भने अर्कातिर समृद्ध भनिने मानव समाजलाई हस्पिटलमा थला पारेर औषधि र प्रविधिको बेसाहारा बनाइदिएको छ । वैदिक सनातन संस्कृतिमा गाईलाई केवल एउटा चौपाया नभई ‘गोमाता’ र ‘कामधेनु’का रूपमा पूज्य मानिनुको पछाडि अत्यन्त सूक्ष्म र उच्च वैज्ञानिक कारण विद्यमान छन् । हाम्रा पहाडी तथा तराईका रैथाने गाईहरूको ढाडमा विशेष प्रकारको जुरो हुन्छ, जसको भित्री संरचनामा ‘सूर्यकेतु नाडी’ अवस्थित रहन्छ । यस नाडीले सूर्य र चन्द्रमाका विशिष्ट किरणहरूलाई सोसेर गाईको दूध, गोबर र गोमूत्रमा स्वर्ण क्षार तथा रोगप्रतिरोधी विशिष्ट जैविक तत्वहरू निर्माण गर्दछ । हाम्रा रैथाने गाईहरूको दूध र घ्युको पहेँलो रंगले सूर्यबाट गाईको जुरोले स्वर्णक्षार लिने कुरा पुष्टि गर्छ ।
वैज्ञानिक अध्ययनहरूले स्पष्ट पारिसकेका छन् कि रैथाने गाईको एक ग्राम ताजा गोबरमा ३०० देखि ५०० करोडसम्म बिरुवाका लागि अत्यन्त उपयोगी सूक्ष्म जीवाणु पाइन्छन् । यी जीवाणुहरूले माटोमा वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेका खनिज तत्वहरूलाई घुलनशील बनाई बिरुवाको जरासम्म पुर्याउने पुलको काम गर्छन् । हाइब्रिड वा विदेशी नस्लका गाईहरूको गोबर र मूत्रमा यी विशिष्ट जैविक र जीवाणवीय गुण पाइँदैनन् । रैथाने गोवंश बेसाहारा हुनुको सोझो र प्रत्यक्ष परिणाम स्वरूप आज समग्र नागरिक समाज कडा रोगव्याधीले ग्रस्त भई बेसाहारा बन्न पुगेको छ ।
रैथाने गाईको संरक्षण र संवर्धन गर्नु भनेको कुनै धार्मिक कर्मकाण्डमात्र होइन, रैथाने गाईहरू कुनै जात वा धर्म विशेषसँग मात्रै सम्बन्धित र पूजनीय नभएर यी त राष्ट्रिय स्वास्थ्य, कृषि सुरक्षा र भू-संरक्षणको अनिवार्य वैज्ञानिक पूर्वसर्त हुन् । वैदिक कृषि प्रणाली बजारको महँगो, आयातित र घातक रासायनिक मल तथा विषादीमाथिको निर्भरतालाई पूर्णतः समाप्त पार्ने एक स्वावलम्बी र प्रकृति–केन्द्रित विज्ञान हो । यस प्रणालीमा रैथाने गाईको गोबर, गोमूत्र, वनस्पतिको पात, चानाको पिठो (बेसन), गुँड र पुरानो जैविक माटोको समिश्रणबाट जीवामृत, बिजामृत र घनजीवामृत जस्ता महाऔषधि समान जैविक मलहरू तयार पारिन्छन् ।
माटो केवलमृत्तिका मात्र नभई सम्पूर्ण चराचरलाई जीवन्तता दिने धर्तीको ढुकढुकी हो । पृथ्वीको कोखबाट अंकुरित अमृतमयी अन्नले मानव शरीरमा रक्त, प्राण र ओज भर्दछ । जब माटो नै रासायनिक विषादीको निर्मम प्रहारले मरुभूमि बन्छ, त्यसबाट उब्जने पोषकतत्वहीन खाद्यान्नले मानव सभ्यतालाई रोग-व्याधिको अन्धकारतिर धकेल्छ ।
कीरा तथा रोग नियन्त्रणका लागि रासायनिक विषादीको ठाउँमा नीम, तीतेपाती, धतुरा, लसुन, खोर्सानी र गोमूत्रलाई पकाएर वा कुहाएर बनाइने ब्राह्मास्त्र, निम्बास्त्र र आग्नेयास्त्र जस्ता प्राकृतिक अर्कहरूको प्रयोग गरिन्छ । यी प्राकृतिक अर्कहरूले हानिकारक कीरालाई मात्र नियन्त्रण गर्छन् । जब कि माटो र बिरुवाका मित्रजीवहरू गँड्यौला र मौरी जस्ता अनगिन्ती मित्र जीवाणुहरूलाई कुनै हानि पुर्याउँदैनन् । वैदिक कृषिको पुनःस्थापना केवल खेतीपातीको सुधारमा मात्र सीमित छैन, निरोगी राज्य निर्माणको महाअभियानको आधारस्तम्भ हो । कलम र कोदालोलाई सँगै जोडेर अघि बढाउने, अर्थात् बौद्धिक चिन्तन र शारीरिक श्रमलाई एकाकार गर्ने दर्शन नै वैदिक जीवन पद्धतिको मर्म हो । माटो विषमुक्त हुनासाथ त्यसबाट उब्जने खाद्यान्नले मानव शरीरका सम्पूर्ण प्रणालीहरूलाई प्राकृतिक रूपमा बलियो र निरोगी बनाउँछ ।
रासायनिक मल र कीटनाशक खरिदका लागि वर्षेनी विदेशिने ठूलो धनराशी स्वदेशमै रोकिनेछ जसले राष्ट्रिय अर्थतन्त्रलाई स्वाधीन र बलियो बनाउन ठूलो योगदान पुर्याउनेछ । यसका अतिरिक्त, वैदिक कृषिले माटोको जलधारण क्षमता बढाउने भएकाले खडेरी र भूक्षय जस्ता वातावरणीय विपद्हरूलाई न्यूनीकरण गर्दै जलवायु परिवर्तनको असरसँग जुध्न बलियो ढालको काम गर्दछ ।
अब प्रश्न उठ्छ, यो उज्यालो र स्वर्णिम भविष्यतर्फको यात्रा कसरी सुरु गर्ने ? यसका लागि राज्यस्तरबाटै दूरदर्शी रदृढ संकल्पित नीतिगत निर्णयहरूको आवश्यकता छ । रासायनिक मलमा दिइने अर्बौंको अनुदानलाई क्रमैसँग घटाउँदै रैथाने गाईको संरक्षण गर्ने, गौशालाहरू सञ्चालन गर्ने र वैदिकजैविक मल उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहन अनुदान उपलब्ध गराइनुपर्छ । कृषि विश्वविद्यालय र अनुसन्धान संस्थानहरूले आधुनिक विज्ञानका प्रयोगशालाहरूलाई वैदिक कृषिका शाश्वत सिद्धान्तहरूसँग जोडेर व्यापक अध्ययन-अनुसन्धान गराउनुपर्छ । वैदिक विधिबाट उत्पादित खाद्यान्नको निष्पक्ष प्रमाणीकरण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई शुद्धताको पूर्ण प्रत्याभूति दिने बजार व्यवस्था मिलाउनु पर्छ ।
पृथ्वीको कोखबाट अंकुरित अमृतमयी अन्नले मानव शरीरमा रक्त, प्राण र ओज भर्दछ । माटोको रक्षा गर्नु नै वास्तवमा मानव सभ्यता, प्राणी जगत्को शाश्वत मार्ग हो । माटो बचाउनुभनेको अन्ततः हाम्रा सन्तानहरूको भविष्य र मानव सभ्यताको अस्तित्व बचाउनु हो । समयले हामीसँग अविलम्ब रूपान्तरणको माग गरिरहेको छ । तसर्थ, चेतनाको दीप बालेर, रैथाने गोवंशको रक्षा गर्दै, माटोलाई विषमुक्त बनाउने र नेपाललाई निरोगी राज्यका रूपमा विश्वसामु स्थापित गर्ने यस पवित्र वैदिक कृषि अभियानमा हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनु आजको युगधर्म हो ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी