काठमाडौं । स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित दुई जना अख्तियारको नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत कार्कीले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेबापत सेवाग्राहीसँग बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिई घुस/रिसवत मागिरहेको सूचना तथा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले कार्की र रकम लिएर मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनीहरूलाई २०८३ भदौ १५ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली–डाँछीबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई २०८३ भदौ १६ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी