काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले मोतीजयन्ती अर्थात् ‘राष्ट्रिय गजल दिवस’का अवसरमा २६ भदौमा आयोजना गर्ने भनिएको गजलसम्बन्धी विशेष कार्यक्रमको मिति सारेको छ । अब उक्त कार्यक्रम १६ असोजमा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ ।
गत २८ साउनमा बसेको प्रज्ञा परिषद्को पहिलो बैठकले आदि गजलकार मोतीराम भट्टको जन्मजयन्ती (कुशे औँसी)लाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । सोही अवसरमा प्रतिष्ठानले गजलसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर, भोटेकोशीमा १० भदौमा आएको अकल्पनीय बाढीका कारण देश शोकमा रहेको र विपत्को अवस्था रहेकाले कार्यक्रमको मिति सारिएको प्रतिष्ठानले जनाएको छ ।
प्रज्ञाप्रतिष्ठानको काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाका अनुसार २६ भदौमा गर्ने भनिएको कार्यक्रम अब १६ असोजमा हुनेछ । कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने गजलकारहरूको गजलवाचन, मोतीराम भट्टका गजलको गायनलगायत प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।






सुम्निमा बहुप्राविधिक शिक्षालय र डिभिजन
प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस
राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः