भोजपुर । भोजपुरमा सञ्चालित समता स्कुललाई बिमा पेशागत कर्मचारी संघ भोजपुरले फर्निचर सहयोग गरेको छ।
संघको दोस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत भोजपुर नगरपालिका–७ मा सञ्चालित समता स्कुललाई तीन थान टेबल सहयोग गरिएको हो।
संघका जिल्ला अध्यक्ष दिपेन दर्नाल र सचिव ईश्वर श्रेष्ठले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानलाई उक्त टेबल हस्तान्तरण गर्नुभयो।
संघका अध्यक्ष दर्नालले बिमाकर्मीहरूको हकहितका लागि स्थापित संस्थाले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिनुपर्ने भएकाले शैक्षिक संस्थालाई सहयोग गरिएको बताउनुभयो।
“बिमाकर्मीहरूको हकहितका लागि बनेको संस्थाले सामाजिक उत्तरदायित्व पनि भुल्नु हुँदैन। त्यसैले शैक्षिक संस्थालाई सहयोग गरेका हौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ,” उहाँले भन्नुभयो।
बिमा पेशागत कर्मचारी संघ भोजपुरमा जिल्लामा क्रियाशील १६ वटा बिमा संस्था आबद्ध रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधानले संघको सहयोगले विद्यार्थीहरूलाई हौसला मिलेको बताउनुभयो। उहाँले समता स्कुल सरकारी तथा निजी दुवै प्रकृतिको नभएकाले दाताहरूको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयका लागि यस्ता सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा संघका सदस्य घमचन्द्र दाहालले संघका गतिविधि तथा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कामबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा संघका पदाधिकारी, पत्रकार, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो। विद्यालयमा हाल करिब चार सय विद्यार्थी अध्ययनरत छन्।






साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,