काठमाडौं । भारतीय चर्चित र्यापर तथा गायक बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखी विवाह भएको पाँच महिनामै अलग हुनुभएको छ। उहाँहरू दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आपसी सहमतिमा सम्बन्धलाई टुंग्याउने निर्णय गरेको जानकारी दिनुभएको हो।
बादशाह र ईशाले आफ्नो–आफ्नो इन्स्टाग्राम स्टोरीमा समान प्रकृतिको वक्तव्य सार्वजनिक गर्दै अलग हुने निर्णयबारे जानकारी गराउनुभएको छ। उहाँहरूले आपसी सम्मान कायम राख्दै आ–आफ्नो बाटोमा अघि बढ्ने निर्णय गर्नुभएको बताउनुभएको छ।
उहाँहरूले यस विषयमा थप अड्कलबाजी नगर्न र आफ्नो गोपनीयताको सम्मान गरिदिन आग्रहसमेत गर्नुभएको छ।
यद्यपि, उहाँहरूले अलग हुनुको वास्तविक कारण भने सार्वजनिक गर्नुभएको छैन। दुवैले सार्वजनिक गर्नुभएको वक्तव्य नै यस विषयमा आफ्नो आधिकारिक भनाइ भएको स्पष्ट पार्नुभएको छ।
गोप्य रूपमा गर्नुभएको थियो विवाह
बादशाह र ईशा रिखीले सन् २०२६ को मार्चमा निजी समारोहबीच विवाह गर्नुभएको बताइएको थियो। उहाँहरूको विवाह लामो समयसम्म सार्वजनिक चर्चाबाट टाढा रहेको थियो।
ईशाले जुन महिनामा सामाजिक सञ्जालमा गरिएको प्रश्नोत्तर कार्यक्रममा आफू बादशाहसँग विवाहित भएको पुष्टि गर्नुभएको थियो।
विवाहपछि उहाँहरूको सम्बन्धमा समस्या आएको चर्चा सामाजिक सञ्जालमा हुन थालेको थियो। ईशाले त्यस समयमा सामाजिक सञ्जालमा केही भावनात्मक पोस्टहरू सार्वजनिक गर्नुभएपछि उहाँहरूको वैवाहिक सम्बन्धबारे विभिन्न अड्कलबाजीसमेत भएका थिए। तर त्यतिबेला उहाँहरू दुवैले सम्बन्धबारे स्पष्ट प्रतिक्रिया दिनुभएको थिएन।
अन्ततः अगस्ट ३१ मा उहाँहरू दुवैले सामाजिक सञ्जालमार्फत अलग हुने निर्णय सार्वजनिक गर्नुभएको हो।
बादशाहको दोस्रो वैवाहिक सम्बन्ध पनि टुंगियो
ईशा रिखीसँगको सम्बन्धविच्छेद बादशाहको दोस्रो वैवाहिक सम्बन्धको अन्त्य हो। उहाँ यसअघि जस्मिन मसीहसँग वैवाहिक सम्बन्धमा हुनुहुन्थ्यो। उहाँहरूको सम्बन्धविच्छेद सन् २०२० मा भएको थियो। उहाँहरूकी एक छोरीसमेत हुनुहुन्छ।
ईशा रिखी पञ्जाबी फिल्म क्षेत्रमा परिचित अभिनेत्री हुनुहुन्छ। उहाँले ‘Jatt Boys Putt Jattan De’, ‘Happy Go Lucky’, ‘Mere Yaar Kaminey’ र ‘What the Jatt’ लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ।
विवाह भएको पाँच महिनामै उहाँहरू अलग हुनुभएको खबर सार्वजनिक भएपछि भारतीय मनोरञ्जन क्षेत्रमा उहाँहरूको सम्बन्धबारे पुनः चर्चा चुलिएको छ। तर अलग हुनुको कारणबारे उहाँहरूले कुनै जानकारी नदिनुभएकाले यस विषयमा थप अड्कलबाजी नगर्न आग्रह गर्नुभएको छ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी