काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोली तास्मेनियासँग दुई विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ कमजोर ब्याटिङ प्रदर्शन गर्दै ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मेनियाले ४९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो ।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा तास्मेनियाले सुरुवातमा लगातार विकेट गुमाए पनि मध्यक्रमका ब्याटरले संयमित प्रदर्शन गरेपछि लक्ष्य भेट्टायो । टम ड्वायले अर्धशतकीय इनिङ्स खेल्दै टोलीको जितको आधार तयार गर्नुभयो । उहाँले ७८ बलमा ६ चौका र १ छक्कासहित ६० रन बनाउनुभयो । राफ ग्याकमिलनले ५१ बलमा ३२ रन बनाउनुभयो । जस्टिन गालोटीले २४ तथा विल प्रेस्टविजले २३ रनको योगदान दिनुभयो । कप्तान ग्याथ्यु कुनेमनले ४८ बलमा २३ रन बनाएर तास्मेनियालाई जिततर्फ डोर्याउनुभयो ।
नेपालका बलरमध्ये शाहब आलम र दीपक डुम्रेले समान २ विकेट लिनुभयो । शाहबले १० ओभरमा ४५ रन खर्चिंदा दीपकले ९.२ ओभरमा ३२ रन दिनुभयो । रिजन ढकाल, आकाश चन्द र पवन शर्राफले १-१ विकेट लिनुभयो । युवराज खत्री भने चोटका कारण बलिङ गर्न सक्नुभएन । उहाँको अनुपस्थितिले नेपाललाई बलिङमा केही कठिनाइ परेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनाएको थियो । नेपालले ओपनर मयन यादव र तीर्थराज दासबाट राम्रो सुरुवात पाएको थियो । दुवैले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाउनुभएको थियो । मयनले ५५ बलमा ३२ रन बनाउँदा तीर्थराजले ६३ बलमा ३७ रनको योगदान दिनुभयो । तर, ओपनिङ जोडीको साझेदारी टुटेपछि नेपालको इनिङ्स लयमा रहन सकेन । ब्याटरहरूबीच ठूलो साझेदारी बन्न नसक्दा नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो । त्यसको प्रत्यक्ष असर टोलीको कुल स्कोरमा परेको थियो ।
कुशल मल्लले ३४ बलमा २९ रन बनाउनुभयो । पवन शर्राफले ३५ बलमा अविजित २२ रन जोड्नुभयो । दीपक डुम्रेले १८ रन बनाउँदा कुशल भुर्तेलले १२ रनको योगदान दिनुभयो । कप्तान अनिलकुमार साह र लोकेश बमले समान ११ रन बनाउनुभयो । तास्मेनियाका बलर बिली स्टालांक नेपालका ब्याटरमाथि हाबी हुनुभयो । उहाँले १० ओभरमा २ मेडन राख्दै केवल २१ रन खर्चेर चार विकेट लिनुभयो । विल प्रेस्टविज र राफ ग्याकमिलनले समान २ विकेट हात पार्नुभयो ।
लक्ष्य ठूलो नभए पनि नेपालका बलरले तास्मेनियामाथि दबाब सिर्जना गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए । तर, ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै तास्मेनियाले नेपाललाई २ विकेटले पराजित गर्यो । पहिलो अभ्यास खेलमा पराजित भए पनि नेपाल ‘ए’ टोलीका लागि खेलाडीको प्रदर्शन मूल्यांकन र आगामी खेलका लागि रणनीति बनाउने अवसरका रूपमा यो खेललाई हेरिएको छ । विशेषगरी ब्याटिङमा ठूलो साझेदारी बनाउन नसक्नु र अन्तिम चरणमा रन गति बढाउन नसक्नु नेपालका लागि सुधार गर्नुपर्ने पक्ष बनेका छन् ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.