काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम्) कलेजले त्रिभुवन विश्वविद्यालयकी उत्कृष्ट विद्यार्थीलाई बुधबार सम्मान गरेको छ । कलेजका अध्यक्ष लेखनाथ कोइरालाका अनुसार हालै प्रकाशित बीबीएम् प्रथम सेमेष्टरको परीक्षाफलमा कलेजबाट रिदिमा माली सर्वोत्कृष्ट हुनुभएको थियो । उहाँले ३ दशमलव ९६ जीपीए ल्याउनु भएको छ ।
‘हाम्रो विद्यार्थी टियु टपर भएकामा खुशी लागेको छ, भोलिको दिनमा पनि यस्तै विद्यार्थी उत्पादन गर्ने प्रयास गर्दैेछौ’, अध्यक्ष कोइरालाको भनाइ छ । कार्यक्रममा कलेजका विभिन्न गतिविधिमा सक्रिय कक्षा ११ र १२ का बीसजना विद्यार्थीलाई पनि प्रसंशा पत्रद्वारा सम्मान गरिएको छ । क्याम्पसका सहायक प्रिन्सिपल सञ्जय मेहेताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन कलेज को-अर्डिनटर सरिक्षा कँडेलले गर्नु भएको थियो ।
कार्यक्रममा बीबीएम् अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने जानकारी दिइएको थियो । कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त चार्टड फाइनान्सियल एनालिष्ट (सिएफ्ए) कक्षा पनि सुरु गरिने जनाएको छ । कलेजले गत साता रसुवाको भोटेकोशीमा आएको बाढीमा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
कलेजले बेपत्ताहरूको खोजी गर्न पनि सरकार र सरोकारवालालाई आग्रह गरेको छ । अध्यक्ष कोइरालाले कलेजले चाँडै नै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लाने योजना बनाएको बताउनु भएको छ । तीस वर्षअघि स्थापना भएको यो कलेजले गुणस्तरीय र व्यावहारिक शिक्षा दिने अभियान अघि बढाएको अध्यक्ष कोइरालाले बताउनुभयो ।







बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या