पहाडमा जाडो बडे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ
माथिको गीतका हरफ कवि दिनेश अधिकारीका हुन् । यी शब्दमा स्वरूपराज आचार्यले स्वर भरेका छन् । माथिको गीतमा भनिए झैँ यतिबेला नेपाली माटोलाई चोट लागेको छ । भदौ १० गते करिब बिहानको ८ः४५ बजेतिर तिब्बततर्फको हिमताल फुटेर भोटेकोशीमा भूत बनेर मिसियो । बाढीले रसुवा नाका हुँदै टिमुरे र बेत्रावतीलाई बगरमा परिणत गर्यो । त्यसपछि त्रिशूलीमा मिसिएको बाढीले बैरेनी, गल्छी, मलेखु, बटारलगायत दर्जनौं बस्ती स्वत्तर पार्यो । बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएको छ । प्रकृतिले रौद्र रूप धारण गर्दा सयौं नागरिकले अकालमै ज्यान गुमाए । हजारौं व्यक्ति अझैँ बेपत्ता छन् । अर्बौंको क्षति भयो ।
इतिहास, संस्कृति र सभ्यता बोकेका थुप्रै बस्ती नक्साबाट नै बलिन् भए । अझैँ सयौं नागरिक बेपत्ता छन् । बाचेकाहरू आफ्नाको कतै सास भेटिन्छ कि भनेर भगवान् पुकार्दै उद्धारको प्रतीक्षामा छन् । लाङटाङको काख प्रत्येक नेपालीका लागि प्रिय भूमि हो । यो पर्यटकको आकर्षण केन्द्र पनि हो । चीनसँग आर्थिक कारोबार हुने प्रमुख केरुङ नाका पनि यही थियो । रसुवा नेपालको एउटा भौगोलिक भू-भागमात्र नभई आर्थिक मेरुदण्ड नै हो । त्यहाँका बस्तीमा हाम्रा थुप्रै संस्कृति बाचिरहेका थिए तर अनायासै आएको बाढीले ती सबै संरचना र इतिहासलाई बगरमा परिणत गरिदियो । पलभरमै सयौं मानिस एकै चिहान बने । पुस्ताौंदेखि पसिना बगाएर ठड्याइएका संरचना ध्वस्त भए ।
भदौरे झरी दर्किरहेको छ । ज्यान जोगाएकाहरू पनि खुला आकाशमुनि सकसपूर्ण जीवन बाँच्न बाध्य छन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धा अवस्था बिजोग बनेको छ । खानेपानी, खाना पकाउने भाँडाकुँडा र ओढ्ने न्यानो कपडाको चरम अभाव छ । मरेका चौपाया र मानव शव सड्न थालेपछि चारैतिर दुर्गन्ध फैलिँदो छ । यसले डेंगु, हैजा र झाडापखाला जस्ता महामारीको त्रास थपिदिएको छ ।
पालेका वस्तुभाउ मरे । विभिन्न व्यापार-व्यवसाय सञ्चालन भएका बजार, बुढापाकाले सुख-दुःख साट्ने चौतारी, बालकालिकाले खित्खिताउँदै खेल्ने आँगन र विद्यालय हिलोका दलदलमा भाँसिए । त्यहाँ केवल स्तब्धता मात्र थुप्रियो । बाबा-आमा गुमाएका साना बालबालिकाहरूले बाबा-आमा भन्दै कारुणिक क्रन्दन गरिरहेका छन् । यस्तो अवस्थामा कुन नेपालीको मन नरोला र ? यो कारुणिक दृश्यले मेरो मन पनि छियाछिया भएको छ । घटना घटेको १२ घण्टाभित्र थोरै भए पनि पीडामा राहत पुगोस् भनेर मैले आफूले सकेको सहयोग गरेको छु । मलाई देशमा हुने विपत्तिका घटनाले सधैं निकै स्तब्ध बनाउने गर्छ । दार्चुलमा गएको बाढी होस् वा तपाईंमा गएको हावाहुन्डरी, कोरोना महामारी होस् वा २०७२ सालको भूकम्प मैले सधैं आफूले सकेको सहयोग प्रदान गर्दै आएको छु ।
महाभूकम्पमा थ्प्रुै भग्नावशेष बस्तीमा पुगेर सक्रिय भूमिका निभाएको थिएँ । यतिबेला पनि म जस्तै थुप्रै मानिसले सरकारको कोषमा राहत प्रदान गरिरहेका छन् । सरकारले उक्त राहतबाट चाँडोभन्दा पीडितका घाउमा मलम लगाउने काम गर्नुपर्छ । उनीहरूको उद्धार तथा पुनःस्थापनामा कुनै कसर बाँकी राख्नु हुँदैन । पीडा कतिसम्म छ भने रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन, तनहुँ, नवलपरासी पश्चिम, नवलपरासी पूर्वलगायत ठाउँमा थुप्रै शव फेला परिरहेका छन् । बाढीले बगाएका अधिकांश शवको पहिचान हुनसकेको छैन । शव अत्याधिक गर्मीका कारण सड्न थालिसकेका छन् । बाटोको समस्याले मृतकका आफन्त शव खोज्न जान सकिरहेका छैनन् । सडेका शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिम बढेको छ । यस जोखिमलाई मध्यनजर गर्दै सरकारले शव जमिनमा गाड्न थालेको छ । यसभन्दा दर्दनाक र कारुणिक अवस्था के नै होला ?
भदौरे झरी दर्किरहेको छ । ज्यान जोगाएकाहरू पनि खुला आकाशमुनि सकसपूर्ण जीवन बाँच्न बाध्य छन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धा अवस्था बिजोग बनेको छ । खानेपानी, खाना पकाउने भाँडाकुँडा र ओढ्ने न्यानो कपडाको चरम अभाव छ । मरेका चौपाया र मानव शव सड्न थालेपछि चारैतिर दुर्गन्ध फैलिँदो छ । यसले डेंगु, हैजा र झाडापखाला जस्ता महामारीको त्रास थपिदिएको छ । बाटोघाटो, पुल, जलविद्युत् आयोजना र सञ्चारका माध्यममा ठूलो क्षति पुगेको छ । यसले राहत तथा उद्धारमा कठिन भइरहेको छ । अझैं कतिबेला ताल फुटेर अर्को विध्वंश मच्चाउँछ भन्ने त्रास कायमै छ । त्रिशूली ३ एको सुरुङमा फसेका व्यक्तिको अझैं उद्धार हुन सकेको छैन ।
यस्तो बेला हामी सबैले आफूले सक्दो सहयोग गर्नुपर्छ । सरकारले पनि जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर सम्भावित महामारीबाट जोगाउनुपर्छ । त्यहाँ रहेका मानिस आफन्त, घर र सबै सम्पत्ति पुगाउँदा मानसिक रूपमा निकै विक्षिप्त भएका छन् । उनीहरूलाई यतिबेला मनोपरामर्शको अति नै खाँचो छ । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । हामी नेपालीको सुन्दर पक्ष भनेको हामी निकै सहयोगी छौं । एउटा नेपालीलाई दुःख हुँदा अर्को नेपालीको मन दुखिहाल्छ । हामीले २०७२ को महाभूकम्प, कोभिड-१९ जस्ता संकटमा हातेमालो गर्दै विपत्तिलाई परास्त गरेका थियो ।
प्रतिकूल मौसम र पहिरोको जोखिम मोलेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अहोरात्र खटिरहनु भएको छ । यतिबेला हामीले उहाँहरूलाई पनि सहयोग गर्नुपर्छ । उहाँहरूसँगै हालेमालो गरेर आत्मबल बढाउनु हामी सबैको कर्तव्य हो । विपत्तिको घडीमा राज्यको उपस्थिति भाषण र हेलिकप्टरको उडानमा मात्र सीमित हुनुहुँदैन, जमिनमा जनताले प्रत्यक्ष महसुस गर्नेगरी देखिनुपर्छ ।
यतिबेला पनि हामीले एक-अर्काको हात समातेर जीवित रहनुपर्छ । रसुवा बाढीको दुःखाइ हामी सबैलाई समान हुनुपर्छ । यो आधुनिक युग हो । हामी जहाँ रहे पनि सरकारलाई सहयोग गर्न सक्छौं । हामीले एक छाकको थोरै खर्च काटेरमात्रै सरकारको राहत कोषमा जम्मा गर्यो भने हाम्रो अर्को भाइले विपत्को समयमा तातो माड पाउनसक्छ । त्यसैले भौतिक रूपमा नभए पनि डिजिट ः बैंकिङमार्फत हामीले सरकारको राहत कोषमा आफूले सकेको सहयोग गर्नुपर्छ । म सहयोगका लागि देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।
प्रतिकूल मौसम र पहिरोको जोखिम मोलेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अहोरात्र खटिरहनु भएको छ । यतिबेला हामीले उहाँहरूलाई पनि सहयोग गर्नुपर्छ । उहाँहरूसँगै हालेमालो गरेर आत्मबल बढाउनु हामी सबैको कर्तव्य हो । विपत्तिको घडीमा राज्यको उपस्थिति भाषण र हेलिकप्टरको उडानमा मात्र सीमित हुनुहुँदैन, जमिनमा जनताले प्रत्यक्ष महसुस गर्नेगरी देखिनुपर्छ । विज्ञ जनशक्तिको परिचालन गरेर सरकारले उद्धारलाई थप प्रभावकारी बनाउनुपर्छ । छिमेकी मुलुक र तेस्रो मुलुकको विज्ञ जनशक्तिका लागि पनि सरकारले पहल गर्नुपर्छ । अहिले बाहिरबाट पनि केही विज्ञजनशक्ति परिचालित भएका छन् तर त्यतिमात्र प्रयाप्त छैन । सबै राजनीतिक दलले पनि यस्तो बेला सबै स्वार्थ भुलेर सरकारलाई साथ दिनुपर्छ । प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारदेखि सबैको पहिलो प्राथमिकता हुनुपर्छ ।
विपत्तिले कुनै जात, धर्म, गरिब, धनी केही भन्दैन । यी सबै मानिसले निर्माण गरेका विभेदकारी दायरा हुन् । सबैभन्दा ठूलो धर्म मानव कल्याण नै हो । एक एक हात जोडेर राहतमा जुट्यौं भने चाँडोभन्दा चाँडो हामीले विपत्तिलाई परास्त गर्दै पीडितहरूको उद्धार तथा राहत प्रदान गर्न सक्छौं । मैले प्रवासमा रहेर लामो समय काम गरेकाले पनि प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यस विपत््को घडीमा सक्दो सहयोगका लागि विनम्र अनुरोध गर्दछु । काँधमा काँध हातमा हात मिलाएर राहत तथा उद्धारमा जुटौं भन्ने मेरो आग्रह छ । घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखौं । आग्रहका साथ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ताहरूको शीघ्र मिलनको कामना पनि गर्दछु । जय देश ।
(लेखक विष्ट नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)







चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने