यादहरू
आज सम्झनामा बिताउनु पर्ने भो
तिमी त अमृत भन्ने सुनेको थिए
संगतले सञ्जीवनी पनि
क्रूर बन्दो रहेछ
रसुवाको कहाली लाग्दो
कारुणिक दृश्य
सिर्जनाकार तिमी भन्ने सुन्छु
खै किन तिमी निर्दयी भयौं
रसुवा मात्र होइन
तुप्चे पनि निल्यौ रे !
अवोध नाबालकको कारूणिक
दृश्यको सिर्जनाकार
अलिकती दया लागेन
रौद्र रूप प्रस्तुत गर्न ।
आखिर तिमीले के पायौ
भोटेकोशी, त्रिशूली, नारायणीले
छोडेका डोबहरू
रमिते बनेका दानवीय प्रवृतिहरू ।
खै किन देख्दैनन्
अनाथ शिशुहरूको पीडा
जो साहाराको खोजिमा तडपिरहेका छन् ।
बेत्रावती, देवीघाट, श्याफ्रुबेँशी, ढुंगे बजारमा
छिनभरमा नाचेको ताण्डव नृत्य सँगै
उदाएछ, उज्ज्यालोको औंशी ।
(अर्घाखाँची डिर्भना हाल अमेरिका)







मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत