नेपालको सामाजिक तथा सांस्कृतिक जीवनमा महिनाहरूको आफ्नै विशेष महत्त्व छ । कुनै महिना पर्व-उत्सवका कारण स्मरणीय हुन्छ भने कुनै महिना प्राकृतिक विपत्ति, राजनीतिक उथलपुथल, दुर्घटना वा दुःखद् घटनाका कारण जनमानसमा नमिठो बन्न पुग्दछ । हुन त म ज्योतिष होइन, न यस विषयमा धेरै ज्ञान राख्ने वैज्ञानिक नै हुँ । भविष्यवाणी वा फलादेश ज्योतिसबाट होला र भौगर्भिक अवस्था र जोखीम अनि सावधानीका बारेमा भूगर्वविधबाट हुने नै छ तर पछिल्ला केही वर्षका घटनालाई हेर्दा भाद्र महिना नेपाल र नेपालीका लागि केही असहज, दुःखद् र पीडादायी महिना साबित हुँदै गएको देखिन्छ । त्यसैले होला, आज बिहानै टोल–छिमेकमा गुनगुन सुनियो र मनमा लाग्यो–दुई शब्द कोरौं । आखिर, के भाद्र महिना वास्तवमै नेपालका लागि अफापको महिनाको हो ?
नेपालको इतिहासमा भएका भाद्र महिनाका सबै घटनालाई एउटै पानामा राखेर हेर्दा एउटा रोचक चित्र देखिन्छ-१८९० को भूकम्प, १९०३ को गगनसिंह हत्या र त्यसपछिको कोतपर्व, २०४३ को बाढी, २०४५ को भूकम्प, २०८२ को राजनीतिक-सामाजिक उथलपुथल र २०८३ को रसुवामा आएको बाढी आदी सबै घटनाहरूको प्रकृति फरक-फरक भए पनि भाद्र महिनासँग जोडिएका दुःखद् स्मृतिहरूको एउटा लामो शृंखला भने देख्न सकिन्छ ।
उत्तर खोज्ने क्रममा म इतिहास तिर पनि एकै छिन् मन सवार गरें अनि त देखेँ यो प्रश्न पूर्णत निराधार पनि होइन रहेछ । नेपालमा भएका केही ठूला प्राकृतिक विपत्ति, राजनीतिक घटना, सामाजिक द्वन्द्व र राष्ट्रिय शोकका घटनाहरू भाद्र महिनामा धेरै परेको भेटियो । तर, यसलाई कुनै वैज्ञानिक कारणले प्रमाणित भएको तथ्यका रूपमा होइन, इतिहासमा देखिएको एउटा विशेष संयोग र घटनाको रूपमा मात्र चित्रण गर्न उचित देख्दछु ।
विसं १८२५ मा इन्द्रजात्रा चलिरहेका बेला पृथ्वीनारायण शाहले काठमाडौंमाथि आक्रमण गरी विजय प्राप्त गरेका थिए । यस घटनालाई केवल धार्मिक घटना भन्न मिल्दैन, तर धार्मिक–सांस्कृतिक पर्वकै बीचमा भएको यस ऐतिहासिक सत्ता परिवर्तनले भाद्रको प्रसंगलाई नेपालको राजनीतिक इतिहाससँग पनि जोडिदिएको छ ।
नेपालको इतिहासमा भाद्र महिना सँग जोडिएको पुराना संयोगहरू धेरै भेटिन्छन् विसं १८९० भाद्र १२ गते गएको विनाशकारी भूकम्पलाई पहिलो भाद्रसँग जोडिएको अर्को रोचक उदाहरणको रूपमा लिन सकिन्छ । त्यस समयका अभिलेखीकरणका माध्याम र मनसायका आफ्नै सीमितता भएपनि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख भएको पाइन्छ । काठमाडौ उपत्याकाका ऐतिहासिक र पौराणिक धरोहरहरू, पाटी पौवा धार्मिकस्थलहरू आदिमा ठूलो क्षति पुगेको भेटिन्छ यद्यपी पुराना प्राकृतिक विपत्तिको क्षतिको यकिन विवरण आजको जस्तो व्यवस्थित रूपमा अभिलेखीकरण नभएकाले तथ्यांकमा केही भिन्नता भेटिन सकिन्छ । तर, जे होस १८९० सालको भूकम्पले तत्कालीन समयमा ठूलो धनजनको क्षति पुर्याएको तथ्यले गर्दा भाद्रसँग आजको घटना सककगको साईनो सम्बन्धका बारेमा प्रश्न गर्न बाध्य बनाएको छ ।
भाद्रको इतिहासमा प्राकृतिक विपत्तिसँगै राजनीतिक घटनाको प्रसंग पनि रोचक छ । विसं १९०३ भाद्र ३१ गते गगनसिहको हत्या भएको र हत्यापछि तत्कालीन दरबारमा उत्पन्न असाधारण परिस्थितिले अन्ततः कोतपर्वको रूप लिएको र जंगबहादुर राणाको उदयपछि नेपालमा करिब १०४ वर्ष लामो राणा शासनको सुरुवात भएको भाद्रसँग जोडिएको एउटा घटना नेपालको राजनीतिक इतिहासमा युग परिवर्तनको एउटा महत्त्वपूर्ण मोड मानिन्छ, भलै नेपाली जनमानसमा त्यो शासनकाललाई जहानिया कालो शासनकालको रूपमा लिने गरीन्छ ।
प्राकृतिक विपत्तितर्फ फर्किँदा विसं २०४३ भाद्रमा ठूलो बाढी आएको र रामेछाप लगायतका क्षेत्रमा जनधन, पुल–पुलेसा, खेतीयोग्य जमिन तथा स्थानीय संरचनामा ठूलो क्षति पुर्याएको अभिलेख पाइन्छ । त्यसको करिब दुई वर्षपछि फेरि विसं २०४५ भाद्र ५ गते उदयपुर केन्द्रित शक्तिशाली भूकम्प जादा पूर्वी नेपालका विभिन्न जिल्लामा ठूलो भौतिक तथा मानवीय पुगेको देखिन्छ । एकातिर १८९० सालको भूकम्प र अर्कोतिर २०४५ सालको विनाशकारी भूकम्प दुवै भाद्रमा पर्नु आफैंमा अचम्मको ऐतिहासिक संयोग बनेको देखिन्छ ।
भाद्रसँग जोडिएको अर्को अत्यन्त पीडादायी घटना विसं २०६१ भाद्र १६ गतेको इराक हत्याकाण्ड हो । रोजगारीको खोजीमा इराक पुगेका १२ नेपालीलाई निर्ममतापूर्वक हत्या गरेको विभत्स खबरले सिंगो नेपाल स्तब्ध र आक्रोशित बन्यो र २०६१ भाद्र १७, गते काठमाडौंलगायतका विभिन्न स्थानमा व्यापकविरोध र हिंसा भड्किदा स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउनु पर्यो र प्रहरीको गोलीबाट नेपालमै पनि मानिसको मृत्यु भयो । पछिल्ला वर्षमा पनि भाद्र महिनाले नेपाली मनमा नमिठा घटना थप्दै गएको भेटिन्छ ।
विसं २०८२ भाद्र २३-२४ गतेको ‘जेन-जी’ आन्दोलन भएको र दुई दिनको आन्दोलनको क्रममा भएको हिंसा, आगजनी तथा तोडफोडले देशको राजनीतिक, सामाजिक र आर्थिक जीवनमा ठूलो जनधनको क्षति भयो, महत्त्वपूर्ण सार्वजनिक तथा सरकारी संरचनामा क्षति पुग्यो र नेपालको राजनीतिक परिस्थितिमै ठूलो परिवर्तन आयो । यस घटनाले भाद्रलाई पछिल्लो पुस्ताले आफ्नै आखा अगाडि घटेको अविस्मरणीय र युगान्तकारी परिवर्तनको घटनाको रूपमा अभिलेखीकरण गरेको देखिन्छ ।
भाद्र महिनाकै पडादायी घटनाहरूलाई एकीकृत गर्ने क्रममा विसं २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई ठूलो शोकमा डुबायो । टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा बाढीले घर, सडक, पुल, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो । ठूलो मानवीय क्षति र बेपत्ताको घटनाले यस वर्षको भाद्रलाई पनि नेपाली इतिहासमा पीडादायी स्मृतिमा रहिरहने छ ।
इतिहासले हामीलाई अनिष्टको भविष्यवाणी गर्न होइन, विगतबाट पाठ सिक्न सिकाउँछ । भाद्रमा बाढी आउँछ भने विपद् पूर्वतयारी गरौं, पहिरो जान्छ भने जोखिमयुक्त बस्ती पहिचान गरौं, राजनीतिक अस्थिरता हुन्छ भने संवाद र सुशासन बलियो बनाऔं, गलत सूचना फैलिन्छ भने सत्य संस्कारको विकास गरौं ।
अब नेपालको इतिहासमा भएका भाद्र महिनाका सबै घटनालाई एउटै पानामा राखेर हेर्दा एउटा रोचक चित्र देखिन्छ-१८९० को भूकम्प, १९०३ को गगनसिंह हत्या र त्यसपछिको कोतपर्व, २०४३ को बाढी, २०४५ को भूकम्प, २०८२ को राजनीतिक-सामाजिक उथलपुथल र २०८३ को रसुवामा आएको बाढी आदी सबै घटनाहरूको प्रकृति फरक-फरक भए पनि भाद्र महिनासँग जोडिएका दुःखद् स्मृतिहरूको एउटा लामो शृंखला भने देख्न सकिन्छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने भाद्र महिना नै नेपालका लागि अफापको महिना हो भन्न त मिल्दैन प्रकृतीको संरचनामा कुनै महिनाले आफैंमा अनिष्ट ल्याउँछ भन्ने प्रमाण पनि हुँदैन । तर, प्राकृतिक विपत्तिका आफ्नै भौगोलिक, मौसमी र वातावरणीय कारणले गर्दा बाढीपहिरो र अति वृष्टिको जोखिम स्वाभाविक रूपमा बढी हुन्छ भने राजनीतिक तथा सामाजिक घटना पनि महिनाका कारणले होइन, तत्कालीन राजनीतिक परिस्थिति, सामाजिक तनाव, व्यक्तिका निर्णय, राज्यको कमजोरी वा अन्य परिस्थितिको परिणाम हुन् । त्यसैले कुनै महिना विशेष घटनासँग जोडिनु र त्यो महिना नै घटना हुनु नितान्त फरक कुरा हो ।
इतिहास केवल कारणको खोजीमात्र होइन, एकमुष्ठ स्मृति शृंखलाको निर्माण पनि हो । एउटै महिनामा पटक-पटक ठूला दुःखद् घटना घटेपछि मानिसको मनमा त्यस महिनाप्रति एउटा विशेष धारणा बन्नु स्वाभाविक हो । सायद भाद्रका सम्बन्धमा नेपाली समाजमा देखिन थालेको ‘अफाप’को अनुभूति पनि यस्तै ऐतिहासिक स्मृति र संयोगको उपज होला जस्तो लागेको बेला टोल छिमेकमा भएको खासखुसले मलजल गरेको देखिन्छ । तर, नेपालको इतिहासमा भने भाद्र महिना केही अत्यन्त गम्भीर प्राकृतिक, राजनीतिक, सामाजिक र ऐतिहासिक घटनासँग पटक-पटक जोडिएको संवेदनशील महिना हो भन्ने तथ्यलाई पनि नकार्न सकिँदैन ।
इतिहासले हामीलाई अनिष्टको भविष्यवाणी गर्न होइन, विगतबाट पाठ सिक्न सिकाउँछ । भाद्रमा बाढी आउँछ भने विपद् पूर्वतयारी गरौं, पहिरो जान्छ भने जोखिमयुक्त बस्ती पहिचान गरौं, राजनीतिक अस्थिरता हुन्छ भने संवाद र सुशासन बलियो बनाऔं, गलत सूचना फैलिन्छ भने सत्य संस्कारको विकास गरौं ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक