काठमाडौँ । सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा औरही गाउँपालिका र प्रगतिशील कृषक समूह, औरही–४, सिरहाबीच माछाको पकेट विकास कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँमा सम्झौता भएको थियो। सम्झौताअनुसार तोकिएको मापदण्डबमोजिम कार्यक्रम सम्पन्न गर्नुपर्नेमा कार्यसम्पादन नगरी बढी रकम भुक्तानी लिने–दिने गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
आयोगका अनुसार राष्ट्रसेवक कर्मचारी र प्रगतिशील कृषक समूहका अध्यक्षले आफूलाई गैरकानुनी लाभ पुर्याउने तथा औरही गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने बदनियतले आपसमा मिलेमतो गरेको पाइएको छ।
कार्यक्रमअन्तर्गत किसानलाई माछाका भुरा, माछा दाना, चुना तथा अन्य आवश्यक सामग्री खरिद गरी वितरण गर्नुपर्नेमा सम्झौताअनुसारको परिमाणमा सामग्री वितरण नगरी पूरा काम सम्पन्न भएको देखाउन झुट्टा बिल तथा भरपाई पेस गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
सोही आधारमा गाउँपालिकाबाट ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिने–दिने कार्य भएको आयोगको निष्कर्ष छ।
कार्यक्रममा संलग्न कर्मचारी तथा कृषक समूहका पदाधिकारीलगायत सम्बन्धित व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय र बिगो असुलउपरको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी