काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाउने भएको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय गरेको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा विपद् व्यवस्थापनबारे छलफल भएको थियो। रास्वपाले विपद्को समयमा सरकारलाई आवश्यक सहयोग गर्दै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्ष निकालेको हो।
सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा करिब डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको थियो।
उहाँका अनुसार उद्धार तथा तत्कालीन राहत वितरणको चरण सकिएपछि रास्वपाका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू पीडितका घरदैलोमा पुग्ने योजना छ।
सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश तथा स्थानीय सरकारको समन्वयमा राहत वितरण गर्ने र त्यसमा रास्वपाले सरकारलाई सहयोग गर्ने अधिकारीले स्पष्ट पार्नुभयो।
उहाँले पार्टीले छुट्टै राहत संयन्त्र खडा गर्नुको सट्टा राज्यका संयन्त्रलाई नै प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी