सुनसरी । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत एक इन्जिनियर ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौँ) कृष्ण नारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो । उनको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको आयोगले जनाएको छ ।
यादवलाई २०८३ भदौ १७ गते इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका यादवविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । आयोगका अनुसार भदौ १८ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी