बर्लिन । डिफेन्डिङ च्याम्पियन बायर्नले म्युनिख जर्मन कपको दोस्रो चरणमा स्थान बनाएको छ । बिहीबार बिहान दोस्रो डिभिजनको ओस्नाब्रुकलाई ४-१ ले हराउँदै बायर्न दोस्रो चरणमा पुगेको हो ।
बायर्नको जितमा ह्यारी केनले दुई गोल गर्नुभयो । ओस्नाब्रुकका रोबिन माइसनरले खेलको सुरुवातमै उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले करिब ३० मिटर टाढाबाट प्रहार गर्दै बललाई पोस्टको माथिल्लो दायाँ कुनामा पुर्याउनुभएको थियो । त्यसको केही समयपछि केनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
त्यसपछि २४औँ मिनेटमा टम बिस्कोफले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाउनुभएको थियो । बायर्नले खेलको नतिजा सुनिश्चित गर्न ७३औँ मिनेटसम्म कुर्नुपर्यो । ओलिसेले गोल गर्दै टोलीको अग्रता ३-१ बनाउनुभयो । त्यसपछि केनले पेनाल्टीमार्फत् गोल गर्दै बायर्नको ४-१ को जित सुनिश्चित गर्नुभयो ।
न्युरोलोजिकल समस्याका कारण प्रि-सिजनका दुई खेलमा मैदानमै ढलेपछि जर्मनीका स्टार जमाल मुसियालालाई भने टोलीमा राखिएको थिएन । बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले शनिबार बढुवा भएको शाल्केविरुद्ध हुने लिग खेलमा मुसियाला खेल्न सक्ने सम्भावना रहेको बताउनुभयो । ‘तर, म उनीमाथि थप दबाब सिर्जना गर्न चाहन्नँ’, कोम्पानीले भन्नुभयो ।
तल्लो डिभिजनको टोलीविरुद्ध खेल्दा कोम्पानीले ठूलो संख्यामा खेलाडी परिवर्तन गर्ने विकल्प रोज्नुभएन । उहाँले केनसँगै लुइस डियाज र माइकल ओलिसेलाई अग्रपंक्तिमा उतार्नुभयो । यसैगरी पिएसभी आइन्डहोभनबाट नयाँ अनुबन्धित इस्माइल साइबारीले बायर्नका लागि पहिलोपटक सुरुवाती टोलीबाट खेल्नुभयो । एजेन्सी






भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी