काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बुढानीलकण्ठ नगरपालिकाबीच बुढानीलकण्ठ नगरपालिका-४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ । राखेपका सदस्य-सचिव रामचरित्र मेहता, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रूप दिन विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विभिन्न गतिविधिहरूमा आपसी सहयोग गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा पनि सम्झौता भएको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.