काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा दोस्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । ‘खेलकुदमार्फत् एकता र सकारात्मक ऊर्जाको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका २४ टिमको सहभागिता रहने भेलोसिटीका एडमिन हेड एवं प्रतियोगिता संयोजक सुप्रभ घिमिरेले जानकारी दिनुभयो ।
सहभागी हुने टिममा द भेलोसिटी स्कुल, पाठशाला स्कुल, विद्या आर्जन स्कुल, अक्सिडेन्टल पब्लिक स्कुल, चेल्सी स्कुल, नवज्ञान पाठशाला, श्रीयन्त्र स्कुल, ग्ल्याडस्टोन एकेडेमी, विद्यावाणी पाठशाला, द सेलिब्रेसन को-एड, ब्रह्मकुञ्ज शिक्षा सदन, ग्रिनविच एकेडेमी, कृष्टियन कम्युनिटी स्कुल, बालवाटिका स्कुल, जिनियस वर्ल्ड स्कुल, ड्याफोडिल बोर्डिङ स्कुल, युरो स्कुल, आर्षा स्कुल, स्वस्तिश्री गुरुकुल, एकलव्य शिक्षा सदन, गोदावरी रेसिडेन्सियल स्कुल, विद्या विकास स्कुल, मदन भण्डारी स्कुल र फेरिल्याण्ड इन्टरनेसनल स्कुल छन् । प्रतियोगितालाई सफल बनाउन १६ वटा विभिन्न संघसंस्थाहरूसमेत साझेदारका रूपमा जोडिएको आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरू हरहर महादेवस्थित हरहर महादेव फुटसलमा खेलाइनेछ । प्रतियोगिताको समापन समारोहमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङको विशेष उपस्थिति रहनेछ । गत संस्करणको उपाधि विद्यावाणी पाठशालाले जितेको थियो । प्रतियोगिताले विद्यार्थी, विद्यालय, अभिभावक तथा खेलप्रेमी समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको एडमिन हेड घिमिरेले बताउनुभयो ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार