काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेले आफ्नै सामथ्र्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण कार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार पार्टीले प्रारम्भिक रूपमा करिव १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ । उहाँले थप स्पष्ट पार्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भयो ।
राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौं भनेका होइनौं । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका छौं ।’
हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताउनु भयो ।
विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न आग्रह
ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिनुभयो ।
बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्याउनेतर्फ लाग्नुपर्छ । कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’
अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन सबैलाई आग्रह गर्नुभयो ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः