राजविराज । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सकुशल उद्धार गरिएका इन्जिनियर सञ्जय साहको जीवित उद्धारको खबरले सप्तरीस्थित उनको घरपरिवारमा खुसीको आँसु बगेको छ ।
सञ्जयका काकाकी छोरी सुधा साह भन्छिन्, ‘दाजुको फोटो देख्नेबित्तिकै हामी खुशीले रोयौँ । यति लामो समयसम्म चिन्तामा बसेका थियौँ, उहाँलाई सकुशल देख्दा विश्वास नै लागेन ।’
उता, छोरा जीवितै उद्धार भएको खबर सुनेपछि भावुक बनेका सञ्जयका बुवा रामफल साहले बिहान मोबाइलमा छोरा उद्धार भएको फोटो र भिडियो हेरेपछि परिवारमा आशाको उज्यालो फर्किएको बताए ।
‘बिहान खबर आउँदा हामी घरमै थियौँ । मोबाइलमा फोटो-भिडियोहरू हेर्यौँ । भगवान्को कृपा भयो,’ उनले भने, ‘अब उसलाई कहिले देखूँ, कहिले भेटूँ भइरहेको छ । छातीमा आगोजस्तो बलिरहेको छ ।’
छोराको अवस्थाबारे लामो समयसम्म कुनै निश्चित खबर नपाउँदा परिवारले असह्य पीडा भोग्नुपरेको रामफलको भनाइ छ । ‘निकै पीडा भइरहेको थियो । उसकी आमा त बेहोसजस्तै अवस्थामा थिइन्,’ उनले भावुक हुँदै भने ।
त्रिशूली-३ ‘ए’ को सुरुङमा फसेका सञ्जयको सकुशल उद्धार भएको खबर सार्वजनिक भएपछि सप्तरीको उनको गाउँमा समेत खुसी फैलिएको छ । परिवारजन अहिले उनको स्वास्थ्य अवस्था बुझ्न र चाँडै भेट्न आतुर छन् ।
लामो त्रास, अनिश्चितता र प्रतीक्षापछि आएको उद्धारको खबरले साह परिवारका लागि नयाँ जीवन पाएको अनुभूति दिलाएको छ । परिवारजनले यसलाई ‘भगवान्को कृपा र उद्धार टोलीको अथक प्रयासको परिणाम’ भएको बताएका छन् ।







चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२