सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङमा प्रधानाध्यापकको गोली हानी हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या घटनामा एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।
विद्यालयमै बस्दै आउनुभएका प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको थियो। प्रहरीका अनुसार राति खाना खाएर हात धुन बाहिर निस्किएका बेला उहाँमाथि गोली प्रहार भएको हो। गोली लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो।
सिलिचोङ गाउँपालिका–५ याफु घर भएका राई करारमा कार्यरत हुनुहुन्थ्यो। उहाँ करिब एक वर्षदेखि कालिका आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत रहनुभएको थियो।
घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउनेलगायत अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी राईको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो