काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
बाढीपीडितका लागि विभिन्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, उद्योग व्यवसाय र सर्वसाधारणले कोषमा रकम जम्मा गर्न थालेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन्।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेका हुन्।
सत्यवती गाउँपालिकाले रु. ३० लाख ६८ हजार ३९१, इस्मा गाउँपालिकाले रु. २१ लाख १ हजार ६९६, रुरु क्षेत्र गाउँपालिकाले रु. २६ लाख ७५ हजार र कालीगण्डकी गाउँपालिकाले रु. १९ लाख ५५ हजार १५६ सहयोग गर्ने भएका छन्।
त्यस्तै, चन्द्रकोट गाउँपालिकाले रु. १४ लाख, धुर्कोट गाउँपालिकाले रु. १३ लाख ३७ हजार, रेसुङ्गा नगरपालिकाले रु. १० लाख, गुल्मी दरबार गाउँपालिकाले रु. ५ लाख, मदाने गाउँपालिकाले रु. ४ लाख ५ हजार ८०० र मालिका गाउँपालिकाले रु. ३ लाख सहयोग गर्ने निर्णय गरेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि रु. ३७ लाख २ हजार सहयोग गरेको छ।
प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोगस्वरूप उपलब्ध गराएको प्रतिष्ठानका प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो।
विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७२ लाख सहयोग गरेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिनुभयो।
कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट एक दिनको तलब सङ्कलन गरिएको थियो।
भक्तपुरका दुई विद्यालयले भोटेकोशी बाढीपीडितका लागि रु. ९ लाख ५ हजार ३०४ राहत सङ्कलन गरेका छन्।
एभरेस्ट इङ्लिस स्कुलले रु. ६ लाख २३ हजार ४४ र एभरेस्ट भक्तपुर स्कुलले रु. २ लाख ८२ हजार २६० सङ्कलन गरेका हुन्। उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिनुभएको छ।







बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा