स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित भित्री सडकखण्डमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो नागडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग.२५ प.९६२४ नम्बरको मोटरसाइकल र सेतीदोभानबाट आउँदै गरेको ग.१ ज.२४९३ नम्बरको ट्याक्सी आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय मोटरसाइकल चालक घनश्याम ढकाललाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्सी चालक आँधीखोला गाउँपालिका–५ बास्कोटका ३९ वर्षीय हरिराम पौडेललाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार