काठमाडौं । सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्।
निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई मन्त्रालयमा तानिएको छ।
त्यसैगरी, महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा सरुवा गरिएको छ। रौतहटका पूर्वप्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा मातहतमा फिर्ता बोलाइएको छ।
उपसचिवतर्फ भोजपुरमा कुलेश्वर अर्याल, जाजरकोटमा नवरराज बराल, खोटाङमा महेशकुमार गुरुङ, सल्यानमा बन्दना केसी र म्याग्दीमा गणेश गैरेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।
त्यस्तै, अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ।








चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२