काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ । कृष्णाष्टमीको अवसरमा सार्वजनिक गीतमा समीक्षा र मानस राजको स्वर, मानस राजको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको छ।
मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियो नेपअसले निर्माण गरेको हो । भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठलगायत कलाकारको अभिनय छ । भिडियोको निर्देशन तथा नृत्य निर्देशन सायद श्रेष्ठले गर्नुभएको हो ।
जीवन रसाइलीको छायांकन तथा दिन्सन शाहको सम्पादन र रंग संयोजन रहेको भिडियोमा प्रदीप दाहाल निर्माता र अन्जन घिमिरे प्रस्तुतकर्ता हुनुहुन्छ ।







प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक