काठमाडौं । ब्लकबस्टर चलचित्र ‘गौंथली’ले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १४ लाख रूपैयाँ सहयोग गरेको छ । चलचित्रको टिमले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा १४ लाख रूपैयाँ सहयोग गरेको हो ।
निर्माता सुमन गिरीले यसबारे जानकारी दिनुभएको हो । देश विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै ‘गौथली’ परिवारले पीडित नागरिकसँगै उभिनु आफ्नो मानवीय दायित्व भएको जनाएको छ । सहयोग रकमले विपत्तिमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ ।
डा. कपिल रिजाल निर्देशित ‘गौंथली’ मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा हुनुहुन्छ । साउन १ गतेदेखि प्रदर्शनमा यो चलचित्रले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदैछ ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला