काठमाडाैं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
मौसमविद् डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ हुनु भनेको उक्त रेखा नेपालतर्फ केही नजिकिएको हो ।
उहाँका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ जति नजिक हुन्छ, सामान्यतया त्यति नै वर्षाको सम्भावना बढ्ने गर्छ। तर रेखा नजिकिँदैमा मात्र वर्षा बढ्ने नभई जलवाष्पयुक्त हावाको मात्रा पनि महत्वपूर्ण हुने उहाँले बताउनुभएको छ ।
मौसमविद् ढकालका अनुसार आजदेखि आगामी तीन दिनसम्म वर्षाका गतिविधि जारी रहने सम्भावना रहेको छ। ठूलो तथा लगातारको वर्षाको सम्भावना नरहे पनि आगामी तीन दिनसम्म विभिन्न स्थानमा वर्षा भइरहने उहाँले बताउनुभएको छ ।
मौसम महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार आज देशभर साधारणतया बदली रहनेछ ।
दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोसी र बागमती प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले आगामी दिनमा वर्षा हुने क्रम जारी रहने भएकाले नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने, सडक तथा यातायात प्रभावित हुन सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।







अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार