ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।
सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।
लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।







कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा