काठमाडाैं । बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका र पहुँच कठिन बनेका क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रयोगमा ल्याइएको छ ।
चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि उपलब्ध गराएका चारवटा ड्रोनमध्ये एकलाई त्रिशूलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार उक्त ड्रोनले अधिकतम १०० किलोग्रामसम्म भार बोक्न सक्छ। एकपटकको उडानमा भने करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री ढुवानी गर्न सकिने उहाँले बताउनुभएको छ ।
बाढीका कारण सडक तथा पुलहरूमा क्षति पुगेका कारण कतिपय प्रभावित क्षेत्रमा स्थलमार्गबाट राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। त्यस्तै, भौगोलिक अवस्थाका कारण हेलिकप्टरबाट समेत सहज रूपमा पुग्न नसकिने स्थानमा ड्रोनमार्फत राहत सामग्री पुर्याउन सकिने अपेक्षा गरिएको छ ।
परीक्षणपछि यी ड्रोनलाई रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ । विशेषगरी सडक सम्पर्क विच्छेद भएका तथा तत्काल राहत आवश्यक पर्ने दुर्गम क्षेत्रमा ड्रोनमार्फत खाद्यान्न, औषधि तथा अन्य आवश्यक सामग्री पुर्याउन सकिनेछ ।
ठूला क्षमताका ड्रोनमार्फत छोटो समयमा प्रभावित क्षेत्रमा राहत पुर्याउन सकिने भएकाले विपद्को समयमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि परम्परागत माध्यमसँगै प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिन थालेको छ। चीनबाट प्राप्त यी ड्रोनको प्रयोगले कठिन भौगोलिक क्षेत्रमा राहत पुर्याउने कार्यलाई थप सहज बनाउने विश्वास गरिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

















प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक