काठमाडौं । रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेनाले शनिबार उनको तस्वीर सार्वजनिक गर्दै सुरुङभित्रबाट उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ।
यसअघि शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको थियो।
बाढीका कारण प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङ तथा निर्माणस्थलमा फसेका कामदार तथा अन्य व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मीले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीको नेतृत्वमा निर्माण भइरहेको छ। आयोजनामा ठूलो संख्यामा चिनियाँ तथा नेपाली कामदार कार्यरत छन्।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक