काठमाडौं । वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार हस्तान्तरण गर्न कन्जुस्याइँ गरेको बताउनुभयो। कतिपय प्रदेशका अधिकारसमेत संघीय सरकारले आफू मातहतमा राखेको आरोप लगाउँदै उहाँले सीमित अधिकार दिएर प्रदेश सरकार सञ्चालन गर्नुको औचित्य नरहेको बताउनुभयो।
“प्रदेशमा केही पनि अधिकार छैन। मन्त्री भएर सम्मान खाने र दुई शब्द बोल्ने मात्रै अवस्था छ,” उहाँले भन्नुभयो, “अधिकार नै नदिने हो भने प्रदेश सरकार किन राखिराख्ने ?”
मन्त्री प्रजापतीका अनुसार प्रदेश सरकारको भूमिका अहिले मुख्यतः बजेट विनियोजन, कर संकलन तथा मन्दिर, सडक र खानेपानीजस्ता पूर्वाधार निर्माणमा सीमित भएको छ। संघीय सरकारबाट प्रदेशमाथि निरन्तर हस्तक्षेप भइरहेको उहाँको आरोप छ।
विशेषगरी पर्यटन क्षेत्रको सम्पूर्ण अधिकार संघीय सरकारकै नियन्त्रणमा रहेको दाबी गर्दै उहाँले प्रदेशलाई आफ्नो अधिकार प्रयोग गर्ने पर्याप्त अवसर नदिइएको बताउनुभयो।
लाइसेन्सको सफ्टवेयरमा समस्या आएको आरोप
मन्त्री प्रजापतीले प्रदेशले वितरण गर्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समेत संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो।
वागमती प्रदेशले सञ्चालन गर्दै आएको लाइसेन्ससम्बन्धी सफ्टवेयर व्यवस्थित रूपमा चलिरहेको अवस्थामा संघीय सरकारले उक्त प्रणाली लिएर सातवटै प्रदेशमा लागू गर्न खोज्दा समस्या देखिएको उहाँको दाबी छ।
नयाँ प्रणालीमा भुक्तानी रकम र सेवाग्राहीको नाम फरक देखिने तथा एउटा प्रदेशमा भरिएको फाराम अर्को प्रदेशमा देखिनेजस्ता समस्या देखिएको उहाँले बताउनुभयो।
“५० हजार रुपैयाँ तिरेको छ भने ३० हजार देखाउने, ३० हजार तिरेकोमा ५० हजार देखाउने, राम भनेर फाराम भरेकोमा श्याम देखाउने, गण्डकीमा फाराम भरेको वागमतीमा देखाउनेजस्ता समस्या आएका छन्,” उहाँले भन्नुभयो।
यस्ता प्राविधिक त्रुटिका कारण यातायात व्यवस्था कार्यालयका कर्मचारीसमेत जोखिममा पर्नसक्ने भन्दै आफूले भौतिक पूर्वाधार विकासमन्त्रीलाई समस्याबारे जानकारी गराएको तर सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो।
उहाँले सरकारी सेवा नागरिकले सहज रूपमा पाउनुपर्नेमा जोड दिँदै जनताबाट उठाइएको करबाट सञ्चालन हुने सरकारी प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो।
धर्म र संस्कृतिको संरक्षणमा जोड
मन्त्री प्रजापतीले नेपालमा प्राचीनकालदेखि चलिआएका धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन तथा परम्पराको संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो।
पछिल्लो समय रोजगारी तथा अन्य अवसरका लागि नेपाली युवाको विदेशिने क्रम बढेसँगै देशको मौलिक संस्कृति पनि कमजोर हुँदै गएको उहाँले बताउनुभयो।
सनातनदेखि चलिआएका सबै धर्म, संस्कृति, रीतिरिवाज र रहनसहन नेपाली समाजका अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण र पुस्तान्तरणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः