काठमाडौँ । परिवर्तन नेपाल र आलोकनगर समुदायको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ महानगरपालिका–३१, एभरेस्ट हस्पिटल र सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरको सहकार्यमा मीनभवनस्थित प्रिमियर कलेजको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
शिविरमा करिब ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। सोही अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक बिरामीका लागि रगतको उपलब्धता सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकाल हुनुहुन्थ्यो। परिवर्तन नेपालका उपाध्यक्ष सन्तोष श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संयोजन जनक दीप पराजुलीले गर्नुभएको थियो।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डी.सी., नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के.सी., पूर्वअध्यक्ष रविन्द्र खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघकी उपाध्यक्ष पुजना प्रधान र सचिव गोपाल ढकाल ‘छन्दे’लगायतको उपस्थिति थियो।
त्यस्तै, वरिष्ठ कलाकार पुकार भट्टराई, शम्भु ढुंगाना, चलचित्रकर्मी रामकाजी घिमिरे, निर्देशक विनयराज पौडेलसहित स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
परिवर्तन नेपालका अध्यक्ष एवम् कलाकार मोहन निरौलाले आगामी दिनमा पनि समुदायकेन्द्रित सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। समाजमा सकारात्मक रूपान्तरण ल्याउन संस्थाले यस्ता गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने काठमाडौँ महानगरपालिका–३१, सशस्त्र प्रहरी बल नयाँ बानेश्वर, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्रप्रति परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल