काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारका अधिकांश घर पुरिए। कतिपय घर बाढीले बगायो भने केही घरभित्रै पुरिएका अवस्थामा मानिसहरू मृत फेला परे।
तर, बाढी आएको ११ दिनपछि सुरक्षा फौजको संयुक्त खोज तथा उद्धार टोलीले बाढीले पुरिएको एउटा घरभित्रबाट ६४ वर्षीया महिलालाई जीवितै उद्धार गरेको छ।
बेत्रावतीका आनन्दलाल श्रेष्ठको चारतले घरभित्र पुरिएकी उनकी श्रीमती चन्द्रीकालाई प्रहरीले आज अपराह्न जीवितै उद्धार गरेको हो।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको टोलीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा खोजी गरिरहेको थियो। सोही क्रममा टोली आनन्दलालको घरको छतमा पुगेपछि घरभित्रबाट आवाज आएको सुनिएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो।
पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएको उहाँले बताउनुभयो।
“त्यसपछि पर्खाल फुटाएर उहाँको उद्धार गर्न सफल भएका हौँ,” प्रहरी निरीक्षक दर्नालले भन्नुभयो।
उद्धार गरिएकी चन्द्रीकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ। उहाँको उपचार भइरहेको र हाल स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,